Global TV Logo
लोड हुँदैछ...

अमेरिका र इरान ऐतिहासिक सम्झौताको नजिक

B
Binita Thapa
२०२६-०६-१३, ०५:०६ AM
होमपेज/समाचार
अमेरिका र इरान ऐतिहासिक सम्झौताको नजिक

काठमाडौँ,जेठ ३०- विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन् । 

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुवै देशका उच्च अधिकारीहरुले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुनसक्ने पुष्टि गरेका हुन् । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै सम्झौतामा हस्ताक्षर गरी घोषणा गरिने बताएका छन । यसअघि अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा गरेका थिए । अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो ।

 यो युद्ध गत फेब्रुअरी २८ मा अमेरिका र इजराइलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो । त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने मुख्य जलमार्ग हर्मोज ठप्प पारेको थियो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com