Global TV Logo
लोड हुँदैछ...

आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

S
Sristi Thakuri
२०२६-०९-०१, ०५:५२ AM
होमपेज/विशेष समाचार
आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं , भदौ  १६ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै तथा लुम्बिनी प्रदेशको  पहाडी र तराई भू–भागको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । गए राति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो । गए राति गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो । सिन्धुपाल्चोकको मेलम्ची र रुपन्देहीको तिलोत्तामा सबैभन्दा धेरै ९२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नुवाकोटको ककनी, नवलपरासीको सिमरी,तनहुँको खैरेनी, गोरखा, लमजुङको भोर्लेटार र डोटीमा पनि ठूलो वर्षा भएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com