इन्टर्नसिप र आवासीय चिकित्सक सडकमा

काठमाडौं, साउन २ - विभिन्न अस्पतालमा कार्यरत इन्टर्न, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ गठन गरी उनीहरूले चिकित्सकलाई अत्यधिक समय काममा खटाउने गरिएको भन्दै आपत्ति जनाएका हुन्।
प्रदर्शनकारीहरूले प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन, २०७४ अनुसार दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन्। साथै, हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा दिनुपर्ने उनीहरूको माग छ।
उनीहरूले कानुनले तोकेको ४८ घण्टाभन्दा बढी समय काम गराइएमा अतिरिक्त समय (ओभरटाइम) अनुसारको भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन्।
चिकित्सकहरूले प्रशिक्षणका नाममा लामो समयसम्म बिना उचित सुविधा काम गराउने प्रवृत्ति अन्त्य गरी सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



