Global TV Logo
लोड हुँदैछ...
Advertisement

काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रन्जु दर्शना विजयी

B
Buna Ghimire
2026-03-06, 06:28 AM
होमपेज/समाचार
Advertisement
काठमाडौं १ मा रास्वपाकी उम्मेदवार रन्जु दर्शना  विजयी

काठमाडौँ: काठमाडौं क्षेत्र नम्बर १  मा रास्वपाकी  उम्मेदवार रन्जु दर्शना  भारी मतान्तरले विजयी भएकी छिन् । 

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको १ सय ६५ निर्वाचन क्षेत्र मध्येकाठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन परिणाम सार्वजनीक भएको हो । दर्शनाले  १५ हजार  ४५५   मत ल्याउर्दै बाजी मारेकी छन् । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री  ६ हजार ३६४   मत ल्याएका छन् । उनीहरूबीच ९  हजार ९१  बढीको मतान्तर छ । यहाँ कुल ४८ हजार ४ सय ८९  मतदाता छन् । यहाँ औपचारिक घोषणा हुन भने बाँकी छ । नेकपा एमालेका मोहन राज रेग्मीले १ हजार ६१८, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र ३ हजार ९७२ ल्याएका थिए ।२०७९ सालमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत सहित विजयी भएका थिए ।  

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com