Global TV Logo
लोड हुँदैछ...

केरुङमा भीषण बाढी, १ सय ४ नेपाली सम्पर्कविहीन

S
Sristi Thakuri
२०२६-०८-३०, ०६:०९ AM
होमपेज/विशेष समाचार
केरुङमा भीषण बाढी, १ सय ४ नेपाली सम्पर्कविहीन

काठमाडौं , भदौ १४ - चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १ सय ४ जना नेपाली नागरिक बेपत्ता भएका छन् । 

चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले आज बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १ सय ४ जना नेपाली नागरिक बेपत्ता भएको तथ्यांक सार्वजनिक गरेको हो । सीजीटीएनका अनुसार यस विपद्मा परी कुल २ सय ६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् । बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन् । सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशी नागरिकहरूमा १ सय ४ जना नेपाली, ४९ जना भारतीय, ३३ जना लाटभियाका, १८ जना अमेरिकी, १५ जना बेलायती, ६÷६ जना अस्ट्रेलिया र क्यानडा, ४ जना दक्षिण अफ्रिकाका, ३÷३ जना जर्मनी, मलेसिया र रूसका नागरिक रहेका छन् । 

चिनियाँ अधिकारीहरूले बेपत्ता भएका विदेशी नागरिकहरूबारे चीनमा रहेका सम्बन्धित देशका दूतावास तथा वाणिज्य दूतावासहरूलाई जानकारी गराइसकेका छन् । हाल केरुङ काउन्टीमा कुनै पनि विदेशी पर्यटक अलपत्र अवस्थामा नरहेको बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com