Global TV Logo
लोड हुँदैछ...

गण्डकीमा औषधी र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला, नियमनसम्बन्धी विधेयक पारित

B
Buna Ghimire
२०२६-०७-०९, ११:५१ AM
होमपेज/समाचार
गण्डकीमा औषधी र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला, नियमनसम्बन्धी विधेयक पारित

 

काठमाडौं, साउन २५ —गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने विधेयक २०८३ सर्वसम्मत पारित गरेको छ।प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बिहीबार बसेको २१औँ बैठकमा सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा  गरे ।

विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधी तथा औद्योगिक सामग्री उत्पादनका लागि नियमनभित्र रहेर गाँजा खेती गर्ने बाटो खुलेको छ।

प्रदेशसभाको अर्थ तथा विकास समिति सभापति भोजराज अर्यालले बुधबार विधेयकसम्बन्धी प्रतिवेदन सभामा पेस गर्नुभएको थियो। बिहीबारको बैठकमा छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयक प्रस्ताव गरे ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले विधेयकमाथि आफ्नो धारणा राखे  विधेयकले गाँजा खेतीका लागि कडा मापदण्ड निर्धारण गरेको छ। जसअनुसार खेती गरिने गाँजाको बोटमा पाइने नशालु तत्व टेट्राहाइड्रोक्यानाबिनोल (THC) को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाले औषधी तथा औद्योगिक उत्पादनका लागि गाँजाको सम्भावनालाई उपयोग गर्ने लक्ष्य राखेको छ भने यसको दुरुपयोग रोक्न नियमन र निगरानीलाई प्राथमिकता दिइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com