Global TV Logo
लोड हुँदैछ...

जेन–जी आन्दोलनलाई गलत व्याख्या नगर्न गृहमन्त्री गुरुङको चेतावनी

S
Sristi Thakuri
२०२६-०९-०८, १२:०५ PM
होमपेज/विशेष समाचार
जेन–जी आन्दोलनलाई गलत व्याख्या नगर्न गृहमन्त्री गुरुङको चेतावनी

काठमाडौं  ,भदौ २३ -  गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनीतिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन । 

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिए । जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उनले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताए । उनले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिए । जेनजी आन्दोलनको अपमान ३ करोड नेपाली जनताको अपमान भएको उनको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोंच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए । उनले पुराना दलका नेताहरूलाई समयमै आफ्नो सोंच र कार्यशैली परिवर्तन गर्न आग्रह गरे ।

उनले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गरे । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उनले बताए । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएका कारण भदौ २४ गतेको घटना भएको उनको दाबी छ । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उनको भनाई छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com