Global TV Logo
लोड हुँदैछ...

जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा

S
Sristi Thakuri
२०२६-०९-०३, ११:४२ AM
होमपेज/राजनीति
जेनजी शहीदको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं , भदौ  १८ - सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गत वर्ष भदौ २३ र २४ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो।

गत वर्ष भदौ २३ गते काठमाडौंलगायत देशका विभिन्न स्थानमा जेनजी आन्दोलन भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मान र सम्झनामा सरकारले भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय यसअघि नै गरिसकेको थियो।

सरकारले उक्त दिन शहीदहरूको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ। सार्वजनिक बिदाका कारण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य सार्वजनिक निकायहरू बन्द रहनेछन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यले सरकारले शहीद दिवस मनाउने निर्णय गरेको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com