जापानको उत्तर–पूर्वी तटनजिक ६.१ म्याग्निच्युडको भूकम्प, हालसम्म क्षतिको विवरण छैन
B
Buna Ghimire२०२६-०६-२८, ०६:५८ AM

काठमाडौँ, असार १४ - जापानको उत्तर–पूर्वी तटनजिक आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सले जनाएअनुसार भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको थियो। स्थानीय समयअनुसार बिहान ७:२५ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पको धक्का इवातेसहित आओमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। यद्यपि, हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। साथै, सुनामीको चेतावनी पनि जारी गरिएको छैन।
लोकप्रिय खबर
लोड हुँदैछ...



