टप एन्ड टी–२० सिरिज : दोस्रो जितको लक्ष्यमा नेपाल
B
Binita Thapa२०२६-०८-२६, ०४:०७ AM

भदौ १० - टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ । एसीटीले भने तीनै खेल गुमाएको छ ।
लगातार दोस्रो जितको लक्ष्यामा रहेको नेपालले यसअघि नर्दन टेरिटोरी स्ट्राइकसँग आठ तथा बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग नौ विकेटको फराकिलो हार व्यहोरेको थियो । पछिल्लो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपाल एसीटीविरुद्व उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।
पहिलो जितको लक्ष्यमा रहेको एसीटीले यसअघि किंग्समेन एकेडेमीसँग ६, न्युजिल्यान्ड ‘ए’सँग आठ र नर्दन टेरिटोरीसँग ६ विकेटको हार व्यहोरेको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



