Global TV Logo
लोड हुँदैछ...

नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

B
Binita Thapa
२०२६-१०-१०, ०३:४८ AM
होमपेज/विशेष समाचार
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

असोज २४- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा सभापति पदमा निकै फराकिलो मतान्तरले विजयी भएका छन् ।

१५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।

कुल ७ हजार ३९ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । थापालाई निर्विरोध बनाउन प्रयास गरिए पनि खड्गी तयार नभएकोले रोकिएको थियो ।

सभापतिमा उम्मेदवारी दिएका किशोरसिंह राठोरलाई भने थापालाई निर्विरोध बनाउने भन्दै फिर्ता गराइएको थियो । बाँकी पदाधिकारीको भने मतगणना सुरू भएको छैन ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com