Global TV Logo
लोड हुँदैछ...

पोखरामा फोहोरसँगै भेटिए तीन ग्रिनेड बम

S
Sristi Thakuri
२०२६-०६-०४, १२:३७ PM
होमपेज/समाचार
पोखरामा फोहोरसँगै भेटिए तीन ग्रिनेड बम

पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा बिहीबार बिहान तीनवटा ग्रिनेड फेला परेपछि सुरक्षा निकाय सतर्क बनेको छ।

महानगरका विभिन्न स्थानबाट संकलन गरी ल्याइएको फोहोरमा कवाडी सामग्री छान्ने क्रममा ती ग्रिनेड भेटिएका हुन्। फोहोरभित्र रहेको बोरामा शंकास्पद वस्तु देखिएपछि त्यहाँ कार्यरत एस्काभेटर चालकले सचेत गराएका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर क्षेत्रलाई नियन्त्रणमा लिएको छ। फेला परेका ग्रिनेड सुरक्षित रूपमा निष्क्रिय पार्न नेपाली सेनालाई समेत खबर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले ग्रिनेड फोहोरसँगै कसरी त्यहाँ पुग्यो भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com