Global TV Logo
लोड हुँदैछ...

प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयारः सञ्चारमन्त्री तिमिल्सिना

B
Buna Ghimire
२०२६-०७-०५, ०६:२८ AM
होमपेज/विशेष समाचार
प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयारः सञ्चारमन्त्री तिमिल्सिना

काठकाठमाडौँ, असार २१ः  सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै लोकतन्त्रको आधारस्तम्भका रूपमा प्रेस स्वतन्त्रतालाई सरकारले पूर्ण सम्मान गर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले पत्रकारसँग टकराव होइन, संवादलाई प्राथमिकता दिने नीति अपनाएको बताए।

उनले संविधानले प्रत्याभूत गरेका हक–अधिकारको संरक्षणका लागि देशभित्र पर्याप्त संवैधानिक र कानुनी संयन्त्र रहेको उल्लेख गर्दै सरकारले ती अधिकारको कार्यान्वयनमा अवरोध पुर्‍याएको ठहरिए कानुनी प्रक्रियामार्फत प्रश्न उठाउन सकिने बताए।

मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे खबरदारी गर्नु पत्रकारको प्रमुख दायित्व भएको पनि उल्लेख गरे। कुनै विषयमा असहमति वा जिज्ञासा भए सरकार पत्रकार तथा सरोकारवालासँग खुला छलफल गर्न तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रेस स्वतन्त्रता, सञ्चार कानुन र जिम्मेवार पत्रकारिताको वर्तमान अवस्था तथा चुनौतीबारे पत्रकार, सञ्चार विज्ञ र सरोकारवालाबीच छलफल भएको थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com