Global TV Logo
लोड हुँदैछ...

पश्चिमी तराईमा आज पनि तातो हावाको लहर , अत्यधिक गर्मीबाट सतर्क रहन आग्रह

B
Buna Ghimire
२०२६-०६-२५, १०:१४ AM
होमपेज/समाचार
पश्चिमी तराईमा आज पनि तातो हावाको लहर , अत्यधिक गर्मीबाट सतर्क रहन आग्रह

काठमाडौँ, असार ९ - देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा आज तातो लहर चल्ने सम्भावना रहेको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा बढ्दो गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ भने नेपालगञ्जमा तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।

त्यस्तै भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा अधिकतम तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको आसपास रहने विभागले जनाएको छ ।

यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले अत्यधिक गर्मीका समयमा दिउँसोको समयमा अनावश्यक घाममा ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा समस्या देखिए तत्काल आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com