बाढी उद्धारमा राजनीतिक विभेद गरिएको हर्क साम्पाङको आरोप

काठमाडौं , भदौ १५ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका समयमा समेत राजनीतिक विभेद गरिएको आरोप लगाएका छन् ।
अध्यक्ष साम्पाङले आफ्ना पार्टीका श्रमदाताहरू उद्धारका लागि प्रभावित क्षेत्रमा जान खोज्दा सुरक्षाकर्मीले फर्काउने गरेको दाबी गर्दै राजनीतिक विभेद गरिएको आरोप लगाएका हुन् । सरकारले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उद्धारकर्तालाई मात्रै प्रभावित क्षेत्रमा जान दिने नीति लिएको हो भन्दै प्रश्न समेत गरेका छन् । सामाजिक सञ्जालमा साम्पाङले उद्धारमा गएका श्रमदाताहरूलाई सुरक्षाकर्मीले फर्काउने गरेको उल्लेख गर्दै सरकारले रास्वपाका उद्धारकर्तालाई मात्रै जाने दिने नीति ल्याएको हो भन्दै प्रश्न गरेका हुन् । उनले विपद्लाई राजनीतिक प्रतिस्पर्धाको विषय नबनाउन आग्रह गर्दै मानव बचाऊको अभियान बनाउन आग्रह गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



