Global TV Logo
लोड हुँदैछ...

बेत्रावतीमा एउटै घरबाट २३ जनाको शव फेला

S
Sristi Thakuri
२०२६-०९-०१, ०६:०८ AM
होमपेज/विशेष समाचार
बेत्रावतीमा एउटै घरबाट २३ जनाको शव फेला

काठमाडौं , भदौ  १६ - नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २३ जनाको शव फेला परेका छन् ।

गत बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिएका हुन् । मंगलबार खोजतलासको क्रममा एउटै कोठामा २१ र बाहिरपट्टी २ वटा शव फेला परेको उद्धारमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् । भीषण बाढीले पुरेको तीनतले घरको माथिल्लो कोठामा शव फेला परेको हो । बाढी आएपछि तीन तलामाथि बसेर जोगिने प्रयास गरेकाहरू बाढीको चपेटामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । भेटिएका शवहरूको पहिचान भएको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com