बुधबार राति देखि सवारी साधन संञ्चालनमा रोक
B
Buna Ghimire२०२६-०३-०४, ०५:४७ AM

काठमाडौँ: बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । विहिबार हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षा कडा पार्दै मतदान सम्पन्न नहुन्जेलसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रूपमा सञ्चालन हुनेछन्।
निर्वाचन आयोगले आवश्यक सुरक्षा व्यवस्थाको लागि सवारीसाधन नियन्त्रणको सिफारिस सरकारलाई गरेको थियो। आयोगको सिफारिसअनुसार, बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लाग्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



