Global TV Logo
लोड हुँदैछ...

ब्रेक फेल भएर बाजुरामा बस दुर्घटना, २४ जना घाइते

B
Binita Thapa
२०२६-०६-२१, ०३:३७ AM
होमपेज/विशेष समाचार
ब्रेक फेल भएर बाजुरामा बस दुर्घटना, २४ जना घाइते

काठमाडौँ , असार ७ - बाजुरामा बस दुर्घटना भएको छ । बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना हो । 

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए ।

उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । बसमा ३५ जना सवार रहेको कार्कीले बताए ।

बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com