Global TV Logo
लोड हुँदैछ...

भदौ २४ को विध्वंसको एक वर्ष: ऐतिहासिक संरचना ध्वस्त, जिम्मेवार अझै रहस्यमय

S
Sristi Thakuri
२०२६-०९-०९, ०५:१७ AM
होमपेज/विशेष समाचार
भदौ २४ को विध्वंसको एक वर्ष: ऐतिहासिक संरचना ध्वस्त, जिम्मेवार अझै रहस्यमय

काठमाडौं  ,भदौ २४ - जेनजी आन्दोलनका क्रममा मुलुकका ऐतिहासिक एवम् पुरातात्विक भौतिक संरचनाहरु ध्वस्त भएको आज एक वर्ष पूरा भएको छ । 

गत वर्ष भदौ २४ गते प्रदर्शनकारीहरुले १९६० सालमा निर्मित सिंहदरबारमा आगजनी गरेर ध्वस्त बनाएका थिए । १ हजार ७ सय कोठा भएको सिंहदरबार,राष्ट्रपति भवन,नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सडक विभाग, सर्वोच्च अदालतसहित ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु आगो लगाएर ध्वस्त पारेका थिए । भौतिक र आर्थिक क्षतिबाहेक राज्यको अभिलेखमा भएका कागजात पुनःप्राप्ति गर्न नमिल्ने गरेर ध्वस्त भएका छन् । आन्दोलनका क्रममा  भएको भौतिक विध्वंशलाई नेपाली इतिहासकै एउटा कालो दिन को रूपमा चित्रण गरिएको छ । भदौ २४ को विध्वंसलाई अराजक, गैरराजनीतिक र आपराधिक प्रकृतिको घटनाका रुपमा चित्रण गरिएको छ । उक्त विध्वंशको आयोजक, नेता, उद्देश्य र तयारी अझै रहस्यमय छ । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २४ गते देशभर भएको आगजनी, तोडफोड र हिंसालाई पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्यको संज्ञा दिएको छ । उक्त दिनका घटनालाई भदौ २३ को जेनजी आन्दोलनपछिको आक्रोशको अभिव्यक्तिका रूपमा नभई आपराधिक गतिविधिका रूपमा अनुसन्धान र सम्बोधन गर्नुपर्ने आयोगको निष्कर्ष छ । तर, सरकारले जेनजी आन्दोलनका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन गोप्य राखेको छ । प्रतिवेदनमा भदौ २३ गते सुरक्षाकर्मीबाट भएको बल प्रयोग र भदौ २४ गते भएको हिंसात्मक तथा विध्वंसात्मक गतिविधिलाई फरक प्रकृतिका घटनाका रूपमा विश्लेषण गर्दै दुवै घटनाको निष्पक्ष अनुसन्धान र कानुनी सम्बोधन आवश्यक रहेको उल्लेख छ ।

    

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com