Global TV Logo
लोड हुँदैछ...

मतदानको दिन मौसम सफा रहने

B
Buna Ghimire
२०२६-०३-०४, ०६:३६ AM
होमपेज/समाचार
मतदानको दिन मौसम सफा रहने

काठमाडौँ 

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दिन  फागुन २१ गते देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हुने मतदान प्रक्रियामा असर पार्ने गरी वर्षा वा हिमपात हुने सम्भावना नरहेको  विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई नियमित परिमार्जन गर्दै एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान जारी गरिरहेको र विशेष बुलेटिन तथा नियमित अपडेट दिइरहेको बताएका छन् ।लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी भू–भागमा केही बादल देखिए पनि तत्काल पानी पर्ने सम्भावना र हिमपातको खतरा छैन। मतदानको दिन वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा हल्का बादल लाग्न सक्ने देखिएको भए पनि त्यसले निर्वाचन प्रभावित पार्ने स्थिति सिर्जना नगर्ने विभागले बताएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com