युनिफिकेशन चर्चकी प्रमुख हान अक जालाई भ्रष्टाचारमा दुई वर्ष जेल

काठमाडौं , भदौ १६ - विवादास्पद युनिफिकेशन चर्चकी प्रमुख तथा संस्थापक हान अक जालाई भ्रष्टाचार र राजनीतिक कोषसम्बन्धी कानुन उल्लङ्घन गरेको कसूरमा दुई वर्षको जेल सजाय सुनाएको छ ।
नेपालका नेताहरूलाई होली वाइन खुवाएकी ८३ वर्षीया हानलाई दक्षिण कोरियाको एक अदालतले अपदस्त गरिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक योलकी पत्नीलाई घुस दिएको तथा अन्य भ्रष्टाचारका आरोपहरूमा जेल सजाय सुनाएको हो । सुल केन्द्रीय जिल्ला अदालतले जारी गरेको विज्ञप्तिअनुसार चर्चका संस्थापक सन म्युङ मुनकी पत्नी समेत रहेकी हानलाई राजनीतिक कोषसम्बन्धी ऐन उल्लङ्घन गरेको, घुसखोरी गरेको र चर्चको कोष अपचलन गरेको अभियोगमा दोषी ठहर गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सन् २०२५ को सेप्टेम्बरमा पक्राउ परेकी हानलाई राजनीतिक लाभ हासिल गर्ने उद्देश्यले युन राष्ट्रपति पदमा बहाल रहेका बेला चर्चका अधिकारीहरूसँग मिलेर तत्कालीन प्रथम महिला किम किओन हीलाई लक्जरी सामानहरू उपहार दिएको आरोप लगाइएको थियो । यसबाहेक सन् २०२२ को मे महिनामा युनको शपथ ग्रहण हुनुभन्दा केही महिना अगाडि युनका निष्ठावान मानिने राजनीतिज्ञ क्वोन सेओङ–डोङलाई १० करोड वोन अर्थात १ लाख २ हजार अमेरिकी डलर घूस दिएको अभियोग पनि लगाइएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



