राजनीतिक गतिविधिमा संलग्न कर्मचारी बर्खास्त हुने, भविष्यमा पनि सरकारी सेवामा अयोग्य
B
Buna Ghimire२०२६-०५-११, १२:१८ PM

सरकारले राजनीतिक दल तथा गतिविधिमा संलग्न हुने सरकारी कर्मचारीमाथि कडा कारबाही गर्ने नीति लिएको छ। सोमबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरिने उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, व्यावसायिक र राजनीतिक प्रभावमुक्त बनाउने उद्देश्यसहित यस्तो व्यवस्था अघि सारेको जनाएको छ।
यसअघि नै सरकारले सरकारी सेवामा रहेका सबै ट्रेड युनियनहरू खारेज गरिसकेको छ। अब कर्मचारीलाई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नदिने गरी थप कडाइ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



