Global TV Logo
लोड हुँदैछ...

राष्ट्रियसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

B
Buna Ghimire
२०२६-०७-०९, १२:०३ PM
होमपेज/विशेष समाचार
राष्ट्रियसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, असार २५ —राष्ट्रियसभाको आजको बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा प्राप्त भएको हो। सभाले समितिको संशोधन स्वीकार गरेको छ। अब उक्त विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइनेछ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन विधेयक ल्याइएको जानकारी दिइन्।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्तुत भएको उक्त विधेयकमाथिको छलफलमा सांसद रेणु चन्दले भाग लिएकी थिइन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com