Global TV Logo
लोड हुँदैछ...

राष्ट्रिय सभा बैठक स्थगित, शुक्रबार पुनः बस्ने

B
Buna Ghimire
२०२६-०६-२५, ०७:३१ AM
होमपेज/समाचार
 राष्ट्रिय सभा बैठक स्थगित, शुक्रबार पुनः बस्ने

काठमाडौँ, असार ९ - राष्ट्रिय सभाको विहिबारका लागि तय गरिएको बैठक अन्तिम समयमा स्थगित गरिएको छ । दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने भएपछि सूचना प्रकाशित गर्दै अर्को मिति तोकिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्षको निर्देशनमा बैठक अब शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी निर्धारण गरिएको छ।

राष्ट्रिय सभाको पछिल्लो बैठक असार ५ गते बसेको थियो। त्यसयता ६ दिनको अन्तरालपछि आज बैठक बस्ने कार्यक्रम तय गरिए पनि कार्यसूची अघि नबढाई सूचना टाँसेर स्थगित गरिएको हो। बैठक स्थगित हुनुको विस्तृत कारण भने सूचनामा खुलाइएको छैन।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com