Global TV Logo
लोड हुँदैछ...

रसुवामा बाढीपहिरो : लुम्बिनीका १२९ नागरिक सम्पर्कबाहिर

S
Sristi Thakuri
२०२६-०८-२७, ११:०८ AM
होमपेज/विशेष समाचार
रसुवामा बाढीपहिरो : लुम्बिनीका १२९ नागरिक सम्पर्कबाहिर

काठमाडौं , भदौ ११ - रसुवामा आएको बाढी र पहिरोपछि लुम्बिनी प्रदेशबाट विभिन्न कामका लागि रसुवा पुगेका १२९ जना नागरिक परिवारको सम्पर्कमा नआएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवा पुगेका नागरिकहरूमध्ये १२९ जनासँग विपद्पछि परिवारको सम्पर्क हुन सकेको छैन। यद्यपि, यो संख्या प्रारम्भिक भएकाले थप विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीले विभिन्न जिल्लाबाट सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन भइरहेको बताए। उनका अनुसार केही व्यक्ति भने पछिल्लो समय परिवारको सम्पर्कमा आइसकेका छन्।

रसुवामा सरकारी तथा निजी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनीका नागरिकहरू बाढीपहिरोपछि सम्पर्कविहीन भएका हुन्। प्राकृतिक विपद्का कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूको अवस्थाबारे परिवारले तत्काल जानकारी पाउन नसकेको बताइएको छ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी जुटाउने कार्य अघि बढाएको छ। प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणलाई समेत एकीकृत गर्दै वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार अहिले प्राप्त १२९ जनाको विवरण अन्तिम भने होइन। सम्पर्कमा आउने क्रम र थप विवरण प्राप्त भएसँगै सम्पर्कविहीन व्यक्तिको संख्या परिवर्तन हुन सक्नेछ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com