Global TV Logo
लोड हुँदैछ...

राहत सामग्रीसहित काठमाडौं आइपुगे ‘रियल हिरो’ सोनू सूद

S
Sristi Thakuri
२०२६-०९-०१, १०:४७ AM
होमपेज/विशेष समाचार
राहत सामग्रीसहित काठमाडौं आइपुगे ‘रियल हिरो’ सोनू सूद

काठमाडौं , भदौ  १६ - रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नेपालीको सहयोगका लागि बलिउड अभिनेता तथा समाजसेवी सोनू सूद राहत सामग्रीसहित काठमाडौं आइपुगेका छन्।

बाढीको खबर सार्वजनिक भएलगत्तै ‘नेपाल, तिमी एक्लो छैनौ’ भन्दै सहयोगको प्रतिबद्धता जनाएका सोनूले प्रभावितका लागि खाना, आश्रय तथा पुनःस्थापनामा सहयोग गर्ने बताएका थिए।

विपद्मा परेका नेपालीको साथ दिन स्वयं नेपाल आएका सोनूको मानवीय पहलको अहिले सर्वत्र प्रशंसा भइरहेको छ। संकटका बेला सहयोगको हात बढाउँदै नेपाल आएका उनलाई धेरैले फेरि ‘रियल हिरो’का रूपमा सम्मान गरेका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com