सीआईबीद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ
B
Buna Ghimire२०२६-०५-१३, ०६:५० AM

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ। उनलाई गएराति सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
पक्राउ परेका पाण्डेलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएको छ। उनी स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्रीसम्बन्धी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ललितपुरको मानभवनमा बसोबास गर्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



