सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
B
Binita Thapa२०२६-०७-२७, ०३:४१ AM

साउन ११- सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो । बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति साढे १० बजे दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय महेताको मृत्यु भएको हो । नौजना प्रहरीसहित १८ जना घाइते भएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



