Global TV Logo
लोड हुँदैछ...

सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु, अवस्था बिस्तारै सामान्य बन्दै

B
Binita Thapa
२०२६-०८-०१, ०३:५० AM
होमपेज/विशेष समाचार
सप्तरीमा खुकुलो बनाइयो कर्फ्यु, अवस्था बिस्तारै सामान्य बन्दै

साउन १६ - सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो । 

तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।

सप्तरी प्रशासनले सो समयावधिभित्र हुलदङ्गा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा भइ उश्रृङ्खल गतिविधि गरे र गराइएको पाइएमा कानून बमोजिम कारवाही हुने जनाएको छ ।

सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।

प्रशासनले ९ बजेपछि पुनः कर्फ्युलाई पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न सबैमा आग्रह गरेको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com