Global TV Logo
लोड हुँदैछ...

साफ महिला च्याम्पियनशिपका लागि नेपालको अन्तिम टोली घोषणा, दुई नयाँ अनुहार समावेश

B
Buna Ghimire
२०२६-०५-१६, १२:०८ PM
होमपेज/खेलकुद
साफ महिला च्याम्पियनशिपका लागि नेपालको अन्तिम टोली घोषणा, दुई नयाँ अनुहार समावेश

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनशिपका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको टोलीमा दुई खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् भने तीन खेलाडीले पुनरागमन गरेका छन्।

पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडीमा अनिता लम्जेल र बिर्सना चौधरी रहेका छन्। यस्तै गीता राना, सविना चौधरी र अनिता केसी पुनः टोलीमा फर्किएका छन्।

यसपटक नियमित सदस्य सरस्वती हमाल र मनमाया दमाईं भने अन्तिम टोलीमा अटाउन सकेनन्।

भारतको गोवामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन्। समूह ‘बी’ मा साबिक विजेता बङ्गलादेशसँगै आयोजक भारत र मालदिभ्स छन्।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरु गर्नेछ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com