Global TV Logo
लोड हुँदैछ...

सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

B
Buna Ghimire
२०२६-०७-०६, १०:३९ AM
होमपेज/विशेष समाचार
सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप

काठमाडौँ, असार २२ - नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले वर्तमान सरकार गठन भएको सय दिन पूरा हुँदा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे । सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवाद र अलोकतान्त्रिक पद्धतिबाट अगाडि बढिरहेको आरोप लगाए । 

उनले संविधान संशोधनका सन्दर्भमा सत्ता पक्षबाट विरोधाभासपूर्ण अभिव्यक्तिहरू आएको र प्रधानमन्त्री कार्यालयबाट शुरु भएको प्रक्रियाप्रति नेकपा (एमाले) को गम्भीर असहमति रहेको स्पष्ट पारे । संसदीय अभ्यासमा प्रतिनिधि सभा सञ्चालन नियमावली जबरजस्ती पारित गरिनुले कानूनी राज्यको मर्यादा मिचेको उनको तर्क छ ।  सांसद बरालले फौजदारी कानुनभन्दा माथि रहने गरी विशेष कानून निर्माण गर्ने प्रक्रिया र मन्त्रीहरूमाथि उठेका नैतिक प्रश्नहरूलाई आन्तरिक रूपमा किनारा लगाउन खोज्नु कानूनी राज्यको धज्जी उडाउनु भएको बताए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com