सर्लाहीमा मतदान अधिकृतको मृत्यु
B
Buna Ghimire२०२६-०३-०३, ११:३८ AM

फागुन १९
सर्लाहीमा मतदान अधिकृतको मृत्यु भएको छ । बेहोस भएर ढलेका ४२ वर्षीय रघुनाथ महतोको मृत्युु भएको हो । उनी सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका थिए । मंगलबार बिहान अचानक बेहोस भएका उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उनी सिनियर अहेब हुन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



