Global TV Logo
लोड हुँदैछ...

स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु

B
Buna Ghimire
२०२६-०७-११, ०९:४९ AM
होमपेज/समाचार
स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु

काठमाडौं, असार २७ —नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा दुई दिने शैक्षिक मेला शुरु भएको छ । विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । 

मेलाका आयोजक एवं भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रवन्ध निर्देशक तारामान रावलकाअनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयहरूको क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ ।

 हाल नेपालमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अतिरिक्त विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूले विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने उच्चस्तरीय कोर्षहरू सञ्चालन गरिरहेका छन् । 

यस वर्षको मेलामा ५० भन्दा बढी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता रहेको छ । जसमा काठमाडौं विश्वविद्यालयको कुसुमो, शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, एनइसी इन्जिनियरिङ क्याम्पस र पर्यटन क्षेत्रको लागि न्याथम लगायतका प्रतिष्ठित कलेजहरु रहेको रावलले बताए  ।  मेलामा विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ, इथिकल ह्याकिङ, एभिएसन, व्यवस्थापन, सूचना प्रविधि र मानविकी लगायतका २५ भन्दा बढी विधाका कोर्षहरूको बारेमा विस्तृत जानकारी लिन सक्नेछन् । 

उनले शिक्षालाई केवल आर्थिक उपार्जनको माध्यमका रूपमा मात्र नहेरी यसलाई ‘जीवनभरको लगानी’ का रूपमा बुझ्न विद्यार्थी र अभिभावकलाई आग्रह गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com