सुशासनका लागि सरकारी सेवा ‘पेपरलेस र फेसलेस’ बनाउन सिएनआईको जोड

काठमाडौं , साउन २९ - नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नका लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताएका छन ।
काठमाडौंमा आयोजित एक अभिमुखिकरण कार्यक्रममा उनले सरकारी सेवाहरु ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने बताए । अध्यक्ष पाण्डेले उद्योग विभागका सबै सेवाहरु डिजिटल प्रणालीमार्फत हुने कुराले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए । उनले विगतमा समेत उद्योग विभागले डिजिटल प्रणालीमर्फत सेवा प्रवाह गर्ने भनेपनि फाइल बोकेर कुद्नुपर्ने अवस्था रहेकोमा अगामी दिनमा त्यस्तो अवस्था आउन नदिने कुरामा विभाग गम्भीर हुनुपर्ने बताए । डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा समेत उनको जोड छ । उनले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई आकर्षित गर्नसमेत डिजिटल प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



