६ किसिमका परिचयपत्र मार्फत मतदान गर्न सकिने
B
Buna Ghimire2026-03-03, 10:14 AM

No image available
फागुन १९
बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। मतदान गर्न जाँदा मतदाताहरूले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्ने दिन व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। उनकाअनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ। 'यदि त्यो छैन भने आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जानुपर्ने हुन्छ,' उनले भने। मतदान केन्द्रमा पुगेपछि महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको हुनेछ। आयोगले शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरुको लागी विशेष व्यवस्था गरिदिएको छ,' उनले भने। शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।

लोकप्रिय खबर
लोड हुँदैछ...




