भोटेकोसी बाढीमा १ हजार ३५५ को मृत्यु, झण्डै ५ हजार बेपत्ता
S
Sristi Thakuri२०२६-०९-०७, ०६:४७ AM

काठमाडौं ,भदौ २२ - भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न प्रभावित जिल्लामा शव तथा मानव अंग भेटिएका हुन्।
सोमबार बिहान ११ बजेसम्म ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। तीमध्ये रसुवामा १ हजार ९६७ र नुवाकोटमा २ हजार ३४० जना बेपत्ता रहेको जनाइएको छ। ५८९ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिएको छ भने ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ। उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



