Global TV Logo
लोड हुँदैछ...

रसुवा उद्धारका लागि नुवाकोट पुग्यो १६ हजार लिटर हवाई इन्धन

S
Sristi Thakuri
२०२६-०८-२६, ०८:५१ AM
होमपेज/विशेष समाचार
रसुवा उद्धारका लागि नुवाकोट पुग्यो १६ हजार लिटर हवाई इन्धन

काठमाडौं , भदौ १० - रसुवाका बाढी–पहिरो प्रभावितको उद्धारमा खटिएका हेलिकप्टरलाई सहज रूपमा इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले नुवाकोटमा १६ हजार लिटर क्षमताको रिफ्युलर पठाएको छ।

सिनामंगलस्थित हवाई इन्धन डिपोबाट पठाइएको उक्त रिफ्युलरमार्फत नेपाली सेना तथा निजी कम्पनीका उद्धार हेलिकप्टरमा इन्धन भर्ने व्यवस्था मिलाइनेछ। यसले इन्धन भर्नकै लागि हेलिकप्टर काठमाडौं फर्किनुपर्ने बाध्यता हटाउने र उद्धार कार्यलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।

निगमका अनुसार सामान्यतया विमानस्थलभित्र मात्रै प्रयोग हुने रिफ्युलर विशेष आपतकालीन अवस्थाका कारण पहिलोपटक विमानस्थलबाहिर पठाइएको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com