Global TV Logo
लोड हुँदैछ...

काठमाडौँ महानगरका भूमिहीनलाई जग्गाका लागि निवेदन दिन ३५ दिनको म्याद

S
Sristi Thakuri
२०२६-०९-०३, ०६:२१ AM
होमपेज/समाचार
काठमाडौँ महानगरका भूमिहीनलाई जग्गाका लागि निवेदन दिन ३५ दिनको म्याद

काठमाडौं , भदौ  १८ - सरकारले काठमाडौ महानगरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरेको छ । 

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसवासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको हो । समितिले आज सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश,काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ । सूचनामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई समितिले तोकेको निश्चित ढाँचाको निवेदन फाराम भरेर आफू हाल बसोबास गरिरहेको सम्बन्धित वडा कार्यालय मार्फत पेस गर्न आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र निवेदन नदिनेहरूलाई पछि प्रक्रियामा समावेश गराउन कठिन हुने सूचनामा उल्लेख छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com