Global TV Logo
लोड हुँदैछ...

रसुवाको बाढीबाट ५५ वटा खानेपानी आयोजना प्रभावित ,६४ करोडको क्षति

S
Sristi Thakuri
२०२६-०९-०६, ०५:३३ AM
होमपेज/समाचार
 रसुवाको बाढीबाट ५५ वटा खानेपानी आयोजना प्रभावित ,६४ करोडको  क्षति

काठमाडौं  ,भदौ २१ - रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । 

बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार झण्डै ६४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामा मात्रै चार करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको विभागले जनाएको छ । बाढीका कारण धादिङका २०, गोरखाका ५ तथा रसुवाका ८ वटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको विभागले जनाएको छ । बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको जनाएको छ । विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १ सय केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com