शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ आरोहीलाई अनुमति, २३ करोड ८५ लाख रोयल्टी संकलन
S
Sristi Thakuri२०२६-०९-२९, ०५:०० AM

काठमाडौं, असोज १३ - शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६ सय ३७ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागले सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६ सय ३७ जना आरोहीले अनुमति लिएको जानकारी दिएको हो । विभागले १८ हिमाल आरोहणका लागि ४ सय ७४ पुरुष र १ सय ६३ महिलाले आरोहण अनुमति लिएको जनाएको छ । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २३ करोड ८५ लाख १७ हजार ७ सय ९७ रुपैयाँ रोयल्टी संकलन गरेको छ । आरोहण अनुमति प्रदान गरेका हिमालमध्ये सबैभन्दा धेरै ८ हजार १ सय ६३ मिटरको मनास्लु रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५ सय जना आरोहीले अनुमति लिएका छन् । उनीहरूबाट विभागले २२ करोड ५८ लाख ५७ हजार १ सय ८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



