Global TV Logo
लोड हुँदैछ...

शिक्षा बजेटको ७८ प्रतिशत तलब र पेन्सनमा खर्च हुने

S
Sristi Thakuri
२०२६-०६-१८, ०७:५४ AM
होमपेज/विशेष समाचार
शिक्षा बजेटको ७८ प्रतिशत तलब र पेन्सनमा खर्च हुने

काठमाडौँ, असार ३ - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको शिक्षा बजेटले शिक्षा क्षेत्रलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले कुल शिक्षा बजेटको ७७.१३ प्रतिशत स्थानीय तहमा, २.२६ प्रतिशत प्रदेशमा र २०.६१ प्रतिशत संघीय तहमा विनियोजन गरिएको जानकारी दिए। समग्र बजेटको ७८.२० प्रतिशत हिस्सा तलब तथा पेन्सनमा खर्च हुने उनले बताए।

मन्त्रालयले विद्यालय शिक्षामा ८४.४४ प्रतिशत बजेट विनियोजन गरेको छ। डिजिटल सिकाइ विस्तारका लागि सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड व्यवस्थापन गर्न १ अर्ब ७ करोड रुपैयाँ र डिजिटल सामग्रीका लागि ४८ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ।

विद्यालय पूर्वाधारको अवस्था अध्ययन गर्न देशभरका सामुदायिक विद्यालयको विस्तृत सर्वेक्षणका लागि ९३ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै, विद्यालय सञ्चालन अनुदान २५ हजार रुपैयाँबाट बढाएर १ लाख रुपैयाँ पुर्‍याइएको मन्त्री पोखरेलले जानकारी दिए।

प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com