Global TV Logo
लोड हुँदैछ...

पोखरा महानगरद्वारा ९ वटा राजनीतिक तथा सामाजिक भवन हटाइए

S
Sristi Thakuri
२०२६-०५-२८, १०:११ AM
होमपेज/समाचार
पोखरा महानगरद्वारा ९ वटा राजनीतिक तथा सामाजिक भवन हटाइए

पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेको सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन थालेको छ । महानगरले बिहीबार डोजर प्रयोग गर्दै अतिक्रमित संरचनाहरू भत्काउने कार्य अघि बढाएको हो । महानगरपालिकाका अनुसार प्रमुख राजनीतिक दल तथा विभिन्न संघ–संस्थाका गरी कुल ९ वटा भवनहरू हटाइएका छन् ।पृथ्वीचोक क्षेत्रमा गरिएको उक्त अभियान सार्वजनिक जग्गा संरक्षण गर्ने र आसपासका खोला तथा सार्वजनिक क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यसहित सञ्चालन गरिएको महानगरले जनाएको छ ।महानगरले गत आइतबारदेखि सुरु गरेको ‘खोला/घर क्लियर’ अभियानलाई निरन्तरता दिँदै अतिक्रमित संरचना हटाउने कार्यलाई नियमित अभियानकै रूपमा अघि बढाइरहेको जनाएको छ । महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण र शहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com