नेपाल टेलिभिजनका खरिद प्रक्रिया छानबिन गर्न समिति गठन
S
Sristi Thakuri२०२६-०६-१७, ०७:४४ AM

काठमाडौँ, असार ३ - सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणाली खरिद प्रक्रियाबारे छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
२०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार डा.सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिलाई ग्राफिक्स सिस्टम, न्यु मिडिया सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टमलगायतका विषयमा अध्ययन गरी २१ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
विभिन्न खरिद प्रक्रियासम्बन्धी उजुरी तथा गुनासाका आधारमा मन्त्रालयले आन्तरिक अध्ययनका लागि समिति गठन गरेको हो। यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन गरेको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



