बाह्रबिसेमा चेकजाँचका क्रममा ७,७०० थान भेपसहित चालक पक्राउ
S
Sristi Thakuri२०२६-०६-२३, ०६:५१ AM

काठमाडौं असार ९ - सिन्धुपाल्चोकको बाह्रबिसे नगगरपालिका–३ खाग्दलमा चेकजाँचका क्रममा प्रहरीले २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध भेप बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जाँच गरेको थियो । त्यसक्रममा ७ हजार ७ सय थान भेप फेला पारेको हो ।
बरामद भेप, बोलेरो र चालक जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि भोटेकोशीस्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



