वर्षाले जमिन गलेपछि धापाखेलमा घर ढल्यो
B
Binita Thapa२०२६-०९-२८, ०३:४६ AM

ललितपुर - ललितपुर महानगरपालिका- २४, धापाखेलमा साढे दुईतले घर भत्किएको छ।
सोमबार बिहान स्थानीय सोवितकुमार थापाको साढे दुईतले घर भत्किएको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । घर जोखिममा रहेको पहिचान भएपछि घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएको थियो। त्यसैले घर भत्किँदा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण जमिन गलेपछि भिरालो सतहमा निर्माण गरिएको घर भत्किएको हो। घटनापछि प्रहरीले आसपासको क्षेत्रमा थप जोखिमबारे निरीक्षण गरिरहेको जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



