दुई दिनमै नेप्सेमा १२१ अंकको छलाङ, सोमबार पनि ४१.७० अंकले बढ्यो

काठमाडौं, साउन ४ - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ ।
सोमबार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत अर्थात् ४१ दशमलव ७० अंकले बढेर २७१ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४३ कम्पनीका १ करोड २२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बजार निकै उत्साहजनक देखिएको छ ।
कुल सूचीकृत कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ३२ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारसँग सम्बन्धित सरोकारवालासँग भेट गरेपछि बजार बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार बजार एकैदिन ७९ दशमलव ७४ अंकले बढेको थियो ।
यसअनुसार २ दिनमा मात्रै बजारले १२१ अंकको सुधार हाँसिल गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


