Global TV Logo
लोड हुँदैछ...

संखुवासभामा विद्यालय नजिकै गोली हानी शिक्षकको हत्या

S
Sristi Thakuri
२०२६-०९-०४, ०५:३१ AM
होमपेज/समाचार
संखुवासभामा विद्यालय नजिकै गोली हानी शिक्षकको हत्या

काठमाडौं , भदौ  १९ - संखुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको छ । 

संखुवासभाको मकालु –१ चिर्खाङ स्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिएका हुन् । गएराति ७ बजे शिक्षक राई माथि गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । कालिका माध्यमिक विद्यालयमा बस्दै आएका शिक्षक राई गएराति खाना खाएर हात धुन बाहिर निस्किएपछि बरुवा बन्दक प्रहार भएको थियो । बन्दुकको आवाजसँगै उनी ढलेको सोही विद्यालयकी शिक्षिका टिकामाया राईको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यालय नजिकैबाट शिक्षक माथि गोली प्रहार देखिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com