बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न एमाले महासचिव पोखरेल नेतृत्वको टोली नुवाकोटमा
S
Sristi Thakuri२०२६-०८-२७, ०६:३७ AM

काठमाडौं , भदौ ११ - भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोट प्रस्थान गरेको छ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयबाट निस्किएको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षणसँगै स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रशासनसँग उद्धार, राहत तथा पुनर्स्थापनाबारे छलफल गर्नेछ।
टोलीमा एमालेका पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नीरज आचार्य, पार्वत गुरुङलगायत नेताहरू सहभागी छन्। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी कार्यकर्तालाई समेत परिचालन गरिने एमालेले जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



