जेनजी आन्दोलनको एक वर्ष: सडकबाट सत्तासम्म, परिवर्तनको संकल्प अझै बाँकी

काठमाडौं ,भदौ २३ - जेनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ ।
हातमा प्लेकार्ड,मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी बोकेर हजारौँ युवा गत वर्ष भदौ २३ गते अर्थात आजकै दिन युवाहरु सडकमा ओर्लिएका थिए । तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक र प्रशासनिक धरातललाई नै फेरिदियो । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सुरुमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उठेको यो आवाज छिटै राज्य सञ्चालनको शैली, भ्रष्टाचार, नातावाद, बेरोजगारी र अवसरको असमानताविरुद्धको आन्दोलनमा परिणत भएको थियो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जन नभई सूचना, शिक्षा, व्यवसाय र रोजगारीको माध्यम बनेकाले त्यसमाथिको प्रतिबन्धलाई युवाहरूले आफ्ना अधिकारमाथिको हस्तक्षेपका रूपमा लिएका थिए । गत वर्षको भदौ २३ र २४ गते काठमाडौँसहित देशभर चर्किएको आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथि गम्भीर प्रश्न खडा ग¥यो । निर्वाचनका बेला मात्र सम्झिने मतदाता होइन, नीति निर्माण र शासन प्रक्रियाकै सक्रिय हिस्सेदार बन्ने युवाहरूको संकल्पले मुलुकमा राजनीतिक परिवर्तनको आधार तय ग¥यो । आन्दोलनको यही रापको जगमा गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ । आन्दोलनले उठाएको सुशासन र जवाफदेहिताको मागलाई सम्बोधन गर्दै बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासनिक सुधार र खर्च कटौतीको नीति लिएको छ । यद्यपि, जेनजी आन्दोलनको मर्म केवल सरकार परिवर्तनमा सीमित थिएन । राज्यका निर्णयहरूमा नागरिकको सार्थक सहभागिता, गुणस्तरीय शिक्षा, स्वदेशमै सम्मानजनक रोजगारी र डिजिटल अधिकारको पूर्ण प्रत्याभूति अझै बाँकी नै छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...


