Global TV Logo
लोड हुँदैछ...

इस्कनमा बालबालिकामाथि दुर्व्यवहार, सुरजकृष्ण श्रेष्ठ पक्राउ

B
Binita Thapa
२०२६-०६-१४, ०३:४७ AM
होमपेज/समाचार
इस्कनमा बालबालिकामाथि दुर्व्यवहार, सुरजकृष्ण श्रेष्ठ पक्राउ

काठमाडौँ,  जेठ ३१- बूढानीलकण्ठ नगरपालिका–५ स्थित कृष्ण प्रणामी आश्रम (इस्कन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार भएको छ । घटनामा एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि इस्कन सम्बद्ध सुरजकृष्ण श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् । उनले केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको भट्टराईले बताए । घटनाको गम्भीर छानबिन भइरहेको र घटनाको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए ।

हिन्दू धर्मको प्रचार र प्रबर्द्धनका लागि विदेशी दातृ संस्थाको सहयोगमा आश्रम सञ्चालित छ । यो संस्था विश्वका विभिन्न देशमा सञ्चालित छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com